Wednesday, October 2, 2024

बिमस्टेक : जलवायु परिवर्तनकाे सामुहिक सामना गर्न अावश्यक– प्रधानमन्त्री अाेली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिर्वतनको असर भोगिरहेका बिमस्टेक सदस्य राष्ट्रहरूले सामुहिक रूपमा  त्यसको सामना गर्नुपर्ने बताएका छन्।

बिहीबार राजधानी काठमाडौंमा शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘यस क्षेत्रले जलवायु परिवर्तनको असर भोगिरहेको छ, सामुहिक रुपमा सामना गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई कम गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले बिमस्टेकलाई विचार र पहिचानका रुपमा हेर्न आग्रह गरे। ‘बिमस्टेक सदस्यको जोड मात्र होइन, यो एउटा विचार हो,’ उनले भने, ‘यो एउटा पहिचान, एउटा उद्देश्य, त्यो भन्दामाथि हामी सबैको प्रतिबद्धता हो।’ उनले बिमस्टेकले गरिबी हटाउने कार्यलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताए। साथै उनले बिमस्टेकलाई अगाडि बढाउन व्यापारसँग सम्बन्धीत विषयलाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिए।

ताजा समाचार

सम्बन्धित समाचार