Wednesday, October 2, 2024

डेनमार्कका प्रधानमन्त्री र फ्रान्सेली राष्ट्रपतिको साइकल सवार

काठमाडौं–डेनमार्कका प्रधानमन्त्री लार्स लोके रसमुसेनले फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोंलाई साइकलमा भ्रमण गराएका छन्।

डेनमार्कका प्रधानमन्त्रीले फ्रान्सेली राष्ट्रपति र उनको टोलीलाई बुधबार राजधानी कोपनहेगनमा करीब एक घण्टा साइकलमा भ्रमण गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रसमुसेन र माक्रोंले साइकल चलाउँदै गरेको भिडियो पनि सार्वजनिक भएको छ। भिडियो हेर्दा उनीहरू गफिरहेको देखिन्छ, भने ट्राफिक सिग्नलको ठाउँमा उनीहरू अडिएका देखिन्छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार