Wednesday, October 2, 2024

सरकारले निर्माण ठेक्काको ‘सेटिङ’ तोड्ने प्रचण्डको उद्घोष

काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यातायात क्षेत्रको सिण्डिकेटपछि अब निर्माण क्षेत्रको सिण्डिकेट पनि तोडिने बताएका छन्।

निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारण सभालाई १३ भदौमा भरतपुरमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘एउटै ठूलो ठेकेदारलाई ठेक्का दिँदा भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने देखियो । यो सेटिङ तोडेर निर्माण क्षेत्रको सिण्डिकेट तोडिन्छ अब ।’

आधा दर्जन पुल एउटै ठेकेदारलाई ठेक्कामा दिँदा समयमा काम पूरा नहुने समस्या आएको बताउँदै प्रचण्डले भने, ‘एउटैले चारैतिर ओगटेको छ, काम पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूलाले एकाधिकार जमाएका छन् । यो एकाधिकार तोड्ने काम अब सुरु हुनेछ ।’

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले हर्जाना नलगाइकन एक वर्ष समय थप्नेबारे आफूले पहल गर्ने आश्वासन दिए।

ताजा समाचार

सम्बन्धित समाचार