Wednesday, October 2, 2024

अध्ययन भन्छ– मान्छेको हर्षित अनुहारसँग बाख्रा आकर्षित

काठमाडौं– वैज्ञानिकहरूले गरेको एक अध्ययनले मान्छेको हर्षित अनुहारले बाख्राको ध्यान खिच्ने गरेको देखाएको छ।

अध्ययनको नतिजा अनुसार हामीले पहिले सोचेभन्दा बढी विभिन्न जनावरले मान्छेको ‘मुड’ बुझन् सक्छन्। अनुसन्धानकर्ताले एकै मान्छेको दुईवटा फोटो जसमा एउटा हाँसेको र अर्काे रिसाएको फोटो बाख्रालाई देखाएको थियो।

ओपस साइन्स जर्नलमा प्रकाशित समाचार अनुसार दुईमध्ये हाँसिरहेको फोटोमा बाख्राको ध्यान बढी थियो। अध्ययनका अनुसार रिसाएको जस्तो फोटोतर्फ हेर्नुभन्दा पहिला बाख्रो हाँसेको फोटोतर्फ गएको थियो।

सो अध्ययन लामो समसम्यम लगाएर गरिएको थियो र फोटोको स्थान समेत परिवर्तन गरिएको थियो। अध्ययनले जनावरले मान्छेको अनुहार पढ्न सक्ने देखाएको छ। बाख्रा मात्र होइन कुकुर र घोडाको हकमा पनि यो लागू हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार