Wednesday, October 2, 2024

थाहा पाउनुहोस् आगामी तीन दिनको मौसम

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार बुलेटिन जारी गरीे आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

बुधबार
दिउँसो : देशभरी नै आंशिकदेखि सामान्य बदली रहि मध्य र पश्चिमका केहि र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशका धेरै जसो स्थानमा सामान्यतया बदली रहि केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार
दिउँसो : देशभरी नै आंशिकदेखि सामान्य बदली रहि केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा सामान्यतया बदली रहि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार

ताजा समाचार

सम्बन्धित समाचार