Wednesday, October 2, 2024

चितवनमा एकसिंगे गैंडा मृत भेटियाे

रामपुर–चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मंगलबार मरेको अवस्थामा भेटिएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो। गैँडाको अवस्था हेर्दा दुई–तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताए।

गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन्। निकुञ्जमा चालू आवमा हालसम्म योसहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन्।

गत आव २०७४–७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए। नेपालमा ६ सय ४५ वटा एकसिङ्गे गैँडा रहेका छन्। जसमध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार