Wednesday, October 2, 2024

‘वायु प्रदूषणले मान्छेको सोच्ने क्षमता कमजोर’

काठमाडौं–वायु प्रदूषणले मान्छेको सोच्ने क्षमता कमजोर बनाउने एक अध्ययनले देखाएको छ।  अमेरिका र चीनको संयुक्त अध्ययनअनुसार वायु प्रदूषणका कारण मान्छेको मस्तिष्कले अनूभुति गर्ने तथा सोच्ने क्षमता कमजोर बनाउने गर्छ।

अनुसन्धानकर्ताले चीनका २० हजार व्यक्तिमा ४ वर्ष अनुसन्धान गरेर उक्त तथ्य सार्वजनिक गरेका हुन्। अमेरिकी जर्नल नेसनले एकेडेमी अफ साइन्समा सोमबार प्रकाशित उक्त अध्ययन अनुसार वायु प्रदूषणका कारण मान्छेको गणितीयसँगै बोल्ने क्षमतामा पनि ह्रास आएको छ।

उमेरसँगै वायु प्रदूषणको असर पनि बढ्दै जाने र विशेषगरी पुरुष, कम अशिक्षित, वृद्ध व्यक्तिको सोच्ने क्षमतामा ह्रास पुर्याउने अध्ययनले देखाएको छ।

अध्ययनअनुसार विश्वमा शहरी क्षेत्रमा बसोबास गर्नेमध्ये ८० प्रतिशतभन्दा बढी वायु प्रदूषणबाट असुरक्षित छन्। विश्व स्वास्थ्य संगठनको पछिलो अध्ययनअनुुसार विश्वका २० शहरमा वायु प्रदूषण उच्च छ। जसमध्ये भारतका १४ शहर छन्।

ताजा समाचार

सम्बन्धित समाचार