Tuesday, October 1, 2024

वातावरण सरसफाइका लागि एन्फाकाे छुट्टै विभाग

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि सामाजिक कामका लागि छुट्टै विभाग खडा गरेको छ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार ‘सोसियल रेस्पोन्सीबिलीटी एसआर’ विभागमार्फत् सामाजिक उत्तरदायित्वका कामहरू गरिनेछ। सो विभागमार्फत् स्वच्छ वातावरण महाभियान, बागमती सफाइ महाभियानलाई सघाउने र अन्य सरसफाइका क्रियाकलाप पनि गरिने उनले जानकारी दिए।

एन्फाका प्रवक्ता किरण राई फोहोरमैला व्यवस्थापन एवं प्रदूषण न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम पनि गरिनेछ। एन्फा सदस्य उत्तम भण्डारीलाई उक्त विभागको संयोजकको जिम्मेवारी दिइएको छ। उनी सरस्वती क्लबका महासचिव पनि हुन्।

ताजा समाचार

सम्बन्धित समाचार