Tuesday, October 1, 2024

घरदैलोमै निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– राजधानीको इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

शिविरमा वृद्धवृद्धा, बालबालिका, युवासहित २ सय जनाले स्वास्थ्य नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गराएका छन्।

स्वास्थ्य शिविरमा एक बालककाे स्वास्थ्य जाँच गरिँदै।

महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापाले शिविरको उद्घाटन गर्दै स्थानीय बासिन्दालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त सामाजिक कार्यबाट धेरै लाभान्वित हुने विश्वास व्यक्त गरिन।

स्वस्तिक टोल विकासका निर्वतमान अध्यक्ष लोकेन्द्र कार्कीले स्थानीय बासिन्दाको आर्थिक सशक्तीकरण तथा सामाजिक विकासका कार्यमा संस्था क्रियाशील रहेको जानकारी गराए।

ताजा समाचार

सम्बन्धित समाचार