Tuesday, October 1, 2024

‘कसिङ्गरमुक्त’ ललितपुर अभियान

काठमाडौं– ललितपुर महानगरपालिकाले ‘कसिङ्गरमुक्त ललितपुर अभियान’ शुरु गरेको छ।

सफा वातावरण र शहरको परिकल्पनाका साथ महानगरले भदौ १ गतेदेखि ‘कसिंगरमुक्त ललितपुर अभियान’ थालेको हो।

अभियानमा ललितपुर महानगरपालिकाका साथै फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र तथा ललितपुरका रोटरी क्लबहरूको सञ्जालको भूमिका रहने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

साथै महानगरले यो अभियानलाई सफल पार्नेका लागि यहाँका संघसंस्था, महिला समूह,युवा समूह,टोल सुधार समिति तथा सरसफाई अभियानमा सक्रिय सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएको छ।

प्रवक्ता महर्जनका अनुसार फोहोरलाई कुहिने, काम लाग्ने र बेच्ने मिल्नेमा छुट्याएर स्थानीयस्तरमै व्यवस्थापन एवं न्यूनीकरण गरिनेछ। जथाभावी फोहोर फाल्दा वा जलाउँदा मानव स्वास्थ्य र वातावरणमा पर्ने असरबारे जनचेतना बढाउने उद्देश्यले अभियानको शुरुवात गरिएको उनले बताए।

अभियान अन्तर्गत यस वर्ष ललितपुर महानगरपालिकाको वडा नम्बर १२ र १६ मा कार्यक्रम हुनेछ। आगामी चार वर्षमा ललितपुरका सबै वडामा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको महानगरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार