१९ रोपनी जग्गा भूमाफियाबाट जोगाउने प्रयास (भिडियो/फाेटाे रिपोर्ट)

काठमाडौं–ललितपुर महानगरपालिका वडा नम्बर २५ भैँसेपाटी सैंबुका स्थानीयवासी यतिबेला सैंबुमा रहेको १९ रोपनी सार्वजनिक जग्गा भूमाफिया तथा सरकारबाट जोगाउने अभियानमा लागेका छन्।

विद्यालयका लागि भनेर स्थानीयले छुट्याएको उक्त जग्गा अहिले सरकारले अधिग्रहण गर्न खोजेको र भूमाफियाको सहयोगमा बिक्री गर्ने प्रयास भइरहेको स्थानीयको आरोप छ।

स्थानीयले सार्वजनिक सुनुवाइको आयोजना गर्दै उक्त जग्गा संरक्षणमा ऐकेबद्धता जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसाललगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीयले जग्गा संरक्षणका लागि एक भएर लागि पर्ने प्रतिबद्धता जनाएका छन्।

किसानहरूले खेलकुद तथा खुल्ला स्थानका लागि दिएको जग्गालाई सरकारले जबरजस्ती खोस्न खोजेको ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष विष्णु कार्की बताउँछन् ।

जग्गालाई सरकारले एउटा व्यक्तिको नाममा बनाउन लागेको स्थानीय मुरारी गौतमको भनाई छ।

सरकारले गर्नुपर्ने कार्य पनि स्थानीयले गर्न खोज्दा पनि सरकार माफियासँग मिलेर अवरोध श्रृजना गर्न लागिपरेको स्थानीय विनोद कुँवर बताउँछन् ।

भूमाफियालाई जरैबाट उखेल्नुपर्ने नेकपा नेतृ भुसालको भनाइ छ। उनले उक्त जग्गा स्थानीयको भएकाले स्थानीयको चाहना अनुसार नै हुनुपर्ने बताइन् । तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार