Sunday, May 19, 2024

गेरुवामा ओतको रजगज

७ वैशाख, काठमाडौं 

बर्दियाको गेरुवा नदी किनारामा रमाइरहेको ओतको झुन्ड । नदी तटीय क्षेत्रका काँसको झाडी ओतको मुख्य बासस्थान हो । यदाकदा सालको वनमा पनि भेटिने स्तनधारी यो जन्तुको मुख्य आराहा माछा भएकाले रम्ने क्षेत्र नदी किनारामै हो ।

विश्वमा १३ र नेपालमा ३ प्रकारका ओत अभिलेख भएका छन् । नेपालमा स्मुथ, यूरेसियन र स्मल क्लाउड ओत पाइएका छन् । स्मुथ ओत बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली नदी छेउ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने वन्यजन्तु अनुसन्धाता बताउँछन् ।

चितवनको राप्ती नदी र सप्तकोशी नदीमा पनि ओतको उपस्थिति पाइए पनि नेपालमा यो जन्तुको संख्या गणना भएको छैन । सफा पानी भएका क्षेत्रमा ओतको चहलपहल रहने भएकाले त्यस्ता भेगलाई वन्यजन्तुविज्ञले ‘सन्तुलित पर्यावरण’ मान्ने गर्छन् । मानवीय क्रियाकलापले ओतको बासस्थान खलबलिन थालेकोमा उनीहरूको चिन्ता छ ।

भिडियोः विश्व वन्यजन्तु कोष (डब्लडब्लुएफ) नेपाल।

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान