Friday, September 20, 2024

सरकारको ध्यान कालीमाटीपछि बल्खु तरकारी बजारमा

काठमाडौं–सरकारले कालीमाटीपछि बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको छ।

बल्खुस्थति तरकारी बजारकाे अनुगमनमा सरकारी टाेली। तस्बिर साैजन्य : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निजी सचिवालय।

भदौ पहिलो साता मात्र कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेर तरकारीको मूल्य समेत घटाउन बाध्य पारिएकोमा सोमबार बिहानै बल्खुस्थित तरकारी बजारको अनुगमन गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति विभागका निरीक्षक अधिकृत दीपक पोखरेल नेतृत्वको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारको अनुगमन गरेर एक व्यापारीलाई नियन्त्रणमा समेत लिएको छ।

पढनुहोस् : सरकारसँग झुके कालीमाटीका तरकारी व्यापारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलका अनुसार प्रमाणित नगरेका ढक र तराजु नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास भएपछि रवी साहलाई नियन्त्रणमा लिइएको हो। अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका तरकारी व्यापारीले व्यवसाय दर्ता नगरेको र पान नम्बर समेत नरहेको बताइएको छ।

यसअघि कालीमाटी तरकारी बजारको अनुगमनमा गएको सरकारी टोलीमाथि पनि दुव्र्यवहार भएपछि कालीमाटी तरकारी फलफूल तथा थोक बजार व्यवसायिक संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको थियो।

त्यसपछि सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि संस्थाले गत शनिबार मात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै लेखेर बन्दहडताल नगर्ने प्रतिवद्धता जनाइसकेको छ।

 कालीमाटी तरकारी बजारमा ‘बिचौलिया’ को जगजगी

ताजा समाचार

सम्बन्धित समाचार