Tuesday, October 1, 2024

अब ठेकदारको काम अनुगमन सफ्टवयरबाटै

काठमाडौं । विभिन्न विकास परियोजनाको जिम्ला लिएका ठेकेदारहरुले समयमा नै काम सम्पन्न नगर्ने प्रवृत्ति बढेपछि सडक विभागले उनीहरुको कामको अनुगमनका लागि सफ्टवयर बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

एउटा ठेकेदारले आफ्नो क्षमताले भ्याउनेभन्दा बढी परियोजना लिने परिपाटीले गर्दा परियोजना निर्माणमा ढिलाई हुने गरेको छ । नयाँ सफ्टवयरका माध्यमले कुनै पनि ठेकेदारले एक भन्दा बढी परियोजनामा हात हालेमा त्यसलाई रोक्ने लक्ष्य लिएको छ ।

अहिलेसम्म ठेकेदारले उपलब्ध गराउने कागजता वाहेक उनीहरुको कामको मूल्याङकन गर्ने कुनै पनि संयन्त्र सरकारले निर्माण गर्न सकेको छैन् । सडक विभागका अनुसार यो सफ्टवयर यतिवेला परिक्षणको चरणमा रहेको छ । विभागले यतिवेला ठेकेदारहरुको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार