Thursday, October 31, 2024

‘युएस–बंगला विमान दुर्घटनामा क्याप्टेन नै प्रमुख दोषी’

काठमाडौं– मार्च महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको युएस–बंगला जहाज दुर्घटनाको प्रमुख कारण पाइलटको लापरवाही रहेको एक सरकारी अध्ययनले देखाएको छ।

दि काठमाडौँ पोष्टले प्रकाशित गरेको समाचार अनुसार जहाजका क्याप्टेन अविद सुल्तान केही समयदेखि मानसिक तनाव र चिन्तामा थिए । दुर्घनाको कारण पत्ता लगाउन गठन भएको सरकारी समितिकाे प्रतिवेदन आफूले हात पारेको उल्लेख गदै पोष्टले लेखेको छ, ‘पाइलटले अवतरणको समयमा कन्ट्रोल रुमलाई ढाँटेको देखिन्छ र उनले निरन्तर रुपमा ककपिटमा चुरोट पनि खाइरहेका थिए ।’ समाचारका अनुसार पाइलटले गरेका अन्य केही गल्तीका कारण सो दुर्घटना हुन पुगेको हो।

त्यसैगरी पुरै उडान अवधिभर उनले एकदमै अस्वभाविक व्यवहार देखाइरहेका थिए। अवतरण गर्नुभन्दा पहिला उनले प्लेनको ल्याण्डिङ गियर डाउन भएको र लक भएको जानकारी गराएका थिए। तर सहचालकले अवतरणको अन्तिम चेकलिष्ट तयार पार्दा गियर डाउन नभएको समाचारमा उल्लेख छ।

सो दुर्घटनामा परेर ५१ जना यात्रुको मृत्यु भएको थियो जसमध्ये २२ जना बंगलादेशमा मेडिकल पढेका नेपाली विद्यार्थीहरू थिए। पाइलट एकदमै थकानमा रहेको समेत अनुसन्धानको क्रममा देखिएको समाचारमा उल्लेख छ। यति मात्र होइन, ककपिटमा निरन्तरमा रुपमा व्यक्तिगत विषयमा कुराकानी भएको समेत अध्ययनले देखाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार