Tuesday, October 1, 2024

थाहा पाउनुहोस् अागामी तीन दिनको मौसम

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान गरेको छ।

विभागका अनुुसार आइतबार, सोमबार र मंगलबार मुलुका विभिन्न क्षेत्रमा हल्कादेखि भारी वर्षाको सम्भावना छ।

विभागले जारी गरेको बुलेटिन 

आइतबार
दिउँसो : देशभरी नै सामान्यतया बदली रहि पूर्व र पश्चिम क्षेत्रका धेरै स्थान तथा मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै पूर्व र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

–राति : देशभरी नै सामान्यतया बदली रहि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सोमबार
दिउँसो : देशका धेरै जसो स्थानहरूमा आंशिकदेखि सामान्यतया बदली रहि केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशका धेरै जसो स्थानमा आंशिकदेखि सामान्यतया बदली रहि केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मंगलबार
दिउँसो : देशभरी नै सामान्यतया बदली रहि धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशका धेरै जसो स्थानमा सामान्यतया बदली रहि धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार