Tuesday, October 1, 2024

केरला बाढीपहिरोको पूर्वानुमान ८ वर्ष अघि नै गरिएको थियो, तर सरकारले सुनेन

काठमाडौं–भारतको केरला राज्यमा गत हप्ता अहिलेसम्मकै सबैभन्दा ठूलो बाढीपहिरो आयो। बाढीपहिरोमा परेर अहिलेसम्म ४ सय जनाको मृत्यु भइसकेको छ।

तर, भारत वातावरणविद् र विज्ञहरुले केरला राज्यमा सम्भावित बाढीपहिरोको बारेमा धेरै अगाडिदेखि नै सचेत गराएपनि केन्द्र र राज्य सरकारले त्यसलाई नसुनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। केही परियोजनालाई राजनीतिज्ञले पैसा कमाउने माध्यम बनाएकाले र वातावरणका विषयमा ध्यान नदिएकाले यस्तो संकट आएको विज्ञहरुको भनाइ छ।

संयुक्त राष्ट्रसंघका प्राकृतिक विपद विज्ञ मुरली ठुम्मकुद्धय र पर्यावरविद गडजिलले सन् २०११ मा केरलामा ठूलो मनसुनी वर्षा हुने र त्यसका लागि राज्य सरकाले तयारी नगरेको भन्दै तयारीको लागि आग्रह गरेका थिए ।

केन्द्र र राज्य सरकारले वातावरणका केही विषयहरुमा ध्यान नदिएको भनि यतिबेला आलोचना भइरहेको छ । जथाभावी रुपमा पावर प्लान्टहरु बनाएको, कोइला खानी बनाएको, जथाभावी जमिन मासेर होटल र रिसोर्टहरु बनाउन दिएका कारण अहिले संकट आएको वातावरणविद्को भनाई छ ।

त्यस्तै वातावरणको हिसावले निकै संवेदनशील मानिएको ताल र आर्दभूमि नासिएको कारण पनि अहिले समस्या आएको वातावरणविदको भनाई छ । यस अगाडि सन् १९२४ मा यस्तै ठूलो बाढीपहिरो आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार