Tuesday, October 1, 2024

बागमती ‘महाजलजात्रा’ (फोटो फिचरसहित)

काठमाडौं– बागमती नदी महोत्सव–२०७५ ‘महाजलजात्रा’ को १८ औं संस्करण शनिबार सम्पन्न भएको छ ।
नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजना भएको ‘महाजलजात्रा’ का क्रममा कुपण्डोलदेखि चोभार सुन्दरीघाटसम्म विभिन्न १५ वटा ¥याफ्टमा बागमती नदीमा जलयात्रा गरिएको छ । सीमसीमे पानीको कुनै मतलव नराखी सहभागीहरुले कुपण्डोलदेखि चोभार सुन्दरीघाटसम्मको साढे ४ किलोमिटरदूरी पूरा गरेका थिए । ¥याफ्टमा रहेका बाग्मती सफाइ र संरक्षणका अभियन्ताहरुले बाग्मती नदीमा बगीरहदा यही नदीकै बारेमा छलफल गरेका थिए । त्यसक्रममा बाग्मती नदीको अवस्थाबारे चिन्ता ब्यक्त गरेका छन् ।

‘महाजलजात्रा’का क्रममा बागमतीको जलसँग जोडिएर विभिन्न क्रियाकलापहरु भएका छन् । धर्म संस्कृति र परम्परा झल्कने झाँकीदेखि लिएर छलफल , कला , साहित्य , मनोरञ्जन र ¥याफ्टिङ भएका छन् ।

‘महाजलजात्रा’मा महाकाली, सुनकोशी , कर्णाली , अरुण , तमोर लगायत देशका विभिन्न १८ वटा नदीका जललाई खड्कुलोमा राखी बागमतीमा विसर्जन गरि जात्रा शुरु गरिएको थियो । वन तथा वातावरणमन्त्री शक्ति बस्नेत , नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले , वरिष्ठ पत्रकार भैरब रिसाल, फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेल र सांसद तेजलाल चौधरीले संयुक्त रुपमा खड्कुलाको जललाई बागमतीमा विसर्जन गरेका थिए ।

बागमती सफाइ महाअभियान, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसिएसन अफ ¥याफटिङ एजेन्सिज् र हिमालयन रिभर गाइड एसोसिएसन नेपालको सहायतामा जलयात्रा भएको हो।

बागमती सफाइ महाअभियानको २ सय ७६ औं साताको अवसरमा भएको महा जलजात्राको उद्घाटन वरिष्ठ वातावरण पत्रकार रिसालले गरेका छन् । पत्रकार रिसालले बाग्मतीको सफाईले नदी मात्र नभई शहर र देशकै सौन्दर्यताको बढाउने प्रष्ट पारे । आफ्नो वाल्यकालमा बागमतीको पानी नुहाउन मिल्ने रहेको अनुभव बताउँदै उनले बागमती ढल मिसाउने काम बन्द गर्न नरोकिएकोमा चिन्ता ब्यक्त गरे । उनले बाग्मतीसँगै अरु यसका १३ सहायक नदीको पनि सफाइ गर्नुपर्नेमा जोड दिए ।

वन तथा वातावरणमन्त्री बस्नेतले बागमती जस्ता प्राकृतिक सम्पदाको संरक्षण गर्नु सरकार र आम जनताको दायित्व भएको प्रष्ट पारे । स्वच्छ वातावरण महाअभियानको मर्मलाई बाग्मती नदीको संरक्षणसँगै यस्ता क्रियाकलाप पनि हुनु जरुरी रहेको बताए ।

आयोजकका तर्फबाट नेपाल नदि संरक्षण संस्थाका अध्यक्ष आलेले सगरमाथा नेपालको ताज भएजस्तै बागमती हामी सबैको लाज भएको बताए । ‘ बागमती हाम्रो सभ्यता भएकाले यसको दुरुपयोग र प्रदुषित गर्नाले हाम्रो ईज्जत जाने हुँदा यो लाजको विषय पनि हुन्छ ’, उनले भने , ‘त्यसैले हाम्रो लाजलाई बचाउनै प¥यो बागमती संरक्षण गरेर । ’ पछिल्लो समय बागमती नदी सफाईमा धेरै जना लागेपनि संरक्षणका लागि जोडदार आवाज त्यत्ति नउठेको उनले बताए ।


फ्रेण्ड्स क्लबका अध्यक्ष पौडेलले बाग्मती नदी सफा हुँदै गएर यसका क्षेत्र अतिक्रमणमा नपरे फुटबलका लागी मैदान पनि यसैले दिने बताए । उनका अनुसार यस्तो महोत्सवले बाग्मतीको महत्व दर्शाइ नदी वरपर किनारका जमिनको संरक्षणमा टेवा दिनेछ। ‘ती जग्गा जोगिएर आए, क्लबले फुटबलका लागि मैदान पाउने थियो। जुन जोगाउन क्लब सफल हुने थियो,’ उनले भने, ‘ पर्यावरणसँगै समाजका बालबालिकाको मानसीक र शारिरीक विकासमा पनि टेवा पुग्ने थियो।’

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेत ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले बाग्मती नदि संरक्षणको अभियानको स्वागत गरे ।

महाजलजात्रामा सहभागी हुन आउने संघ संस्थाले ल्याएका वातावरणमैत्री ब्यानर, तुल तथा अन्य सामग्री प्रयोग गरेका थिए । पानी परेका जात्रामा सहभागीको संख्यामा प्रभाव परेको थियो । जात्राका क्रममा १ सय ८ बत्ती बालेर नदीमा बगाइएको थियो ।

जात्राका मुख्य उद्देश्य बागमती नदीलाई संरक्षण गर्दै यसलाई पुरानै अवस्थामा पुर्याउनु रहेको जनाएको छ । बागमती नदीलाई माछा खेल्न योग्य, पौडी खेल्न योग्य तथा पानी खान योग्य बनाउने तयारीका लागि पनि सचेतना आवश्यक भएको समितिले जनाएको छ।

 बागमती नदीको पुरातात्विक अर्थ र महत्व रहेको भन्दै उसले मृतकहरूका लागि शुद्ध जल तर्पण र पौराणिक बाग्मतीका रूपमा बाग्मतीलाई विकास गर्नु सबैको दायित्व भएको जनाएको छ। कार्यक्रममा वन तथा वातावरणमनत्री, शहरी विकास मन्त्री, ऊर्जा मन्त्री, पर्यटन मन्त्री र खेलकुद मन्त्रीलाई निम्तो दिइएपनि वन मन्त्री मात्र उपस्थित थिए । इतिहास बोकेको बागमती नदीको संरक्षणमा यस्ता किसिमका महोत्सव फलदायी हुने सहभागीहरुले बताएका थिए ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विभिन्न संघसंस्थाको सहकार्यमा कुपण्डोलस्थिति बागमती पुल नजिकै १७ वर्षदेखि मनाइँदै आएको बागमती नदी महोत्सव महाजलजात्राको सो १८औं संस्करण हो। तस्वीर : अमिष रेग्मी


ताजा समाचार

सम्बन्धित समाचार