Tuesday, October 1, 2024

राष्ट्रपति भण्डारी अब विद्युतीय कारमा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्युतीय कारको प्रयोग गर्ने भएकी छन्।

राष्ट्रपति भण्डारीका लागि खरिद गरिएकाे विद्युतीय कार।

राष्ट्रपति कार्यालयले करीब ६० लाख रुपैयाँको चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको कार खरिद गरेको हो।

राष्ट्रपति कार्यालयका उपसचिव लोकनाथ सुवेदीले उक्त गाडीले प्रदूषण नगर्ने भएकाले विद्युतीय सवारीबारे जनचेतना फैलाउन राष्ट्रपतिका लागि किनिएको बताए।

राष्ट्रपतिका लागि खरिद गरिएको उक्त कार २ घण्टामा पूरै चार्ज हुने र एक पटक पूरै चार्ज गरेमा ४ सय किलोमिटरसम्म गुड्ने बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार