Tuesday, October 1, 2024

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। महाशाखाले शुक्रबार बुलेटिन जारी गरी ८, ९ र १० भदौको मौसमको पूर्वानुमान गरेको हो।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

यस्तो छ महाशाखाले जारी गरेको बुलेटिन
८ भदाै दिउँसो : देशका धेरै स्थानहरूमा पुर्ण बदली रहि देशका अधिकास स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

८ भदाै राति  : देशका धेरै स्थानहरूमा बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ साथै देशका एक(दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

भाद्र ९ गते (शनिबार)
दिउँसो : देशका धेरै जसो स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रहि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिमि भुभागका धेरै स्थानमा र मध्य र पूर्वका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ।

भाद्र १० गते (आइतबार)
दिउँसो स्देशका धेरै जसो स्थानहरूमा पूर्ण बदली रहि देशका अधिकास स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि  सम्भावना छ।

राति : देशका धेरै जसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार