Tuesday, October 1, 2024

अदालतमा धरौटी बुझाएर रिहा भएका वन्यजन्तु कारोबारी फेरि पक्राउ

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ।

कस्तुरीकाे बिना।

सीआईबीले कस्तुरीको एक थान बिनासहित काठमाडौं तार्केश्वकर १ का विजय लामा र नुवाकोट शिवपुरी गाउँपालिका ६ का सन्तोषकुमार तामाङलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता (एसपी) सानुराम भट्टाराइका अनुसार सामाखुशी चोक टोखा रोडबाट पक्राउ परेका लामा र तामाङलाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडाैंमा बुझाइएको छ। ती दुई जना यसअघि पनि वन्यजन्तुको आखेटोपहारसहित पक्राउ परेका थिए।

लामा १६ कात्तिक २०७४ मा रेडपाण्डाको छालासहित काठमाडाैं नागार्जुन २ पहेंलो गुम्बाबाट पक्राउ परेका थिए, भने तामाङ १९ भदौ २०७४ मा रेडपाण्डाको छालासहित काठमाडांकोै तार्केश्वर १० मनमैजुबाट पक्राउ परेका थिए।

तर, जिल्ला अदालत काठमाडौंले लामा र तामाङलाई क्रमशः १० लाख र पाँच लाख धरौटीमा रिहा गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार