Thursday, October 31, 2024

चितवनका १० पानी उद्योगमा शिलबन्दी

काठमाडौँ – चितवनका १० पानी उद्योगमा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विहीबार गरेको अनुगमनमा प्रशोधित बोतल बन्द पानी उत्पादन स्वचालित मेसिनमार्फत गर्नुपर्ने नियम पालना नगर्ने १० पानी उद्योगमा शिलबन्दी गरिएको हो ।

प्रशासनले विहीबार जिल्लाका १५ वटा पानी उद्योगमा अनुगमन गरेको थियो । गत असोज २६ गते सरकारद्वारा जारी पानी उत्पादन मापदण्ड निर्देशिका अनुसार सञ्चालनमा नआएको भन्दै प्रशासनले उक्त उद्योगहरूमा शिलबन्दी गरेको हो ।

निर्देशिकामा पिउने पानी उत्पादन गर्दा अनिवार्य रुपमा स्वचालित मेशिनबाट बोतल सफा गर्ने, पानी भर्ने तथा बिर्को लगाउने र लेबलिङको काम गर्नुपर्ने जनाइएको छ । तर अनुगमनमा १५ मध्ये २ वटाले मात्र स्वचालित मेशिन राखेको पाइएको प्रशासनले जनाएको छ । जारको पानी उत्पादन गर्नेलाई उक्त निर्देशिका लागू नहुने भएकाले १० वटामा मात्र शिलबन्दी गरिएको प्रशासनको भनाई छ ।

शिलबन्दीमा पर्नेमा रत्न नगरको माउन्टेन ड्रप पानी उत्पान उद्योग,भरतपुर–३ मा रहेको युनाइटेड मिनरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालि लगायत रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार