Tuesday, October 1, 2024

राजधानीका भुस्याहा कुकुरको व्यवस्थापन गर्न संसदमा माग

काठमाडौं–प्रतिनिधिसभाको बिहीबारको बैठकमा काठमाडौंका भुस्याहा कुकुरको समस्याका बारेमा पनि चासो व्यक्त भएको छ।

सांसद मायादेवी न्यौपानेले काठमाडौंमा भुस्याहा कुकुरको समस्या जटिल भएको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण गराइन्। भुस्याहा कुकुरले रेबिजलगायतको संक्रमण बढ्ने भन्दै तत्कालै पहल समाधानको पहल गर्न काठमाडौं महानगरपालिका, स्वास्थ्य मन्त्रालय लगायतसँग माग गरिन्।

उनले विद्यालय जाने बालबालिका, मन्दिर जाने दर्शनाथी देखि लिएर सबै सर्वाधारण भुस्याहा कुकुरको जोखिममा रहेको दुखेसो गरिन्।

ताजा समाचार

सम्बन्धित समाचार