Thursday, October 31, 2024

सडकमा निर्माण सामग्री राखे २५ हजार जरिवाना, महानगरले दियाे यस्ताे चेतावनी

काठमाडौँ– घर बनाउँदै हुनुहुन्छ? कतै निर्माण सामग्री जथाभावी रुपमा राखिरहनुभएको त छैन्? ख्याल गर्नुहोस्, कारबाहीमा पर्नुहाेला।

 १ भदाैदेखि कार्यान्यनमा अाएकाे मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भए बमाेजिम काठमाडाैं महानगरपालिकाले कारबाही अगाडि बढाएकाे छ।

यसअघि जथाभावी सडकमा निर्माण सामग्र राख्नेलार्इ सामान्य कारबाही हुने गरेकाेमा मुलुकी संहितामै प्रावधान राखिएपछि महानगरपालिकाले निर्माण सामाग्री राखेको पाइएमा जफत गर्ने र कसैले दाबी विरोध गर्न नपाइने बताएको छ।

महानगरका नगर प्रहरी प्रमुख विष्णु जोशीका अनुसार आगामी बुधबारदेखि लागू हुने गरी उक्त सूचना जारी गरिएको हो। ‘अहिले हामीले सूचना जारी गरेका छौँ, आगामी बुधबारबाट यदि कसैले जथाभावी रुपमा निर्माण सामाग्री राखेमा जफत गर्नेछौँ र कसैले पनि त्यसमा दाबी गर्न पाउने छैन्,’ उनले भने ।

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विभिन्न स्थानहरूमा जथाभावी रुपमा निर्माण सामाग्री राख्ने कार्य गरेको देखिएको र त्यस्ता सामाग्रीबाट पैदलयात्रीहरूलाई असुविधा हुनुका साथै सवारी आवागमनमा समेत बाध पुग्न गएको, शहरी सौन्दर्यमा प्रतिकुल असर पर्न गएको, वातावरण प्रदूषण बढ्न गएको हुँदा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्न गएको, वातावरण प्रदूषण बढ्न गएको, मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको भन्दै त्यस्ता कार्य नगर्न महानगरले सबैलाई आग्रह गरेको छ ।

साथै यदि कसैले अटेरी गरेमा महानगरपालिकाबाट खटिएका नगर प्रहरीहरूले त्यस्ता सामाग्रीहरू जफत गर्ने जनाएको छ। यसका साथै त्यस्ता सामाग्रीहरू उठाउँदा/लैजाँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने र यसरी जफत भएका समाग्रीहरू उपर पछि कोही कसैको दाबी विरोध गर्न नपाउने र कसैको दाबी नलाग्ने जनाएको छ ।

मुलुकी अपराध संहिता ऐन–२०७४ ले पनि सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुने व्यवस्था छ। कानुनअनुसार ‘कसैले कुनै काम गरी वा आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सम्पत्तिको स्याहार सम्भार नगरी सार्वजनिक बाटो, नदी वा अन्य कुनै सार्वजनिक स्थलमा कसैलाई कुनै खतरा, बाधा वा अबरोध पुर्याए २५ हजार रुपैयाँसम्म जरिवाना’ हुने उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार