Tuesday, October 1, 2024

पाँचवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ।

प्राधिकरणको कार्यकारी समितिको बुधबारको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नम्बर २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ। जसमा ४० घर रहनेछन्।

बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ। सो बस्तीमा ७० घर रहनेछन्। सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा १० घर रहनेछन्।

यस्तै, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ। सो बस्तीमा २४ घर रहनेछन्।

बैठकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घर रहनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार