Tuesday, October 1, 2024

चीनपछि भारतसँग रेल निर्माण सम्झौताको तयारी

ललितपुर : काठमाडौं–केरुङ रेल निर्माणको बारेमा विस्तृतमा छलफल गर्न एक उच्च स्तरीय टोली यतिबेला चीनमा छ। सो टोलीले रेलको विस्तृत परियोजना प्रतिवेदन तयारीको लागि काम अगाडि बढाउने अपेक्षा छ।

तर ठिक यति नै वेला नेपाल र भारतका उच्च अधिकारीहरु चाहि रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको लागि सघन वार्तामा रहेका छन्।

यस अगाडी नै एकतर्फी रुपमा एक भारतीय टोलीले रेल सम्भाव्यता निर्माणको अध्ययन गरेको छ। तर, त्यसको प्रतिवेदन तयार भएको छैन। रेल बनाउने कार्य अगाडी बढेपनि औपचारिक सम्झौता भने भएको छैन। आगामी १४ र १५ गते काठमाडौमा हुने विमस्टेक सम्मेलनको दौरानमा रेल सम्झौता गर्ने तयारी दुवै देशको छ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समयमा नै रेलमार्ग निर्माणको समयमा सहमति भएपछि समझदारी पत्रको मस्यौदाको आदानप्रदान भरहेको छ। बिमस्टेक सम्मेलन अगाडि नै समझदारी पत्रमा सहमति हुने र सम्मेलनताका हस्ताक्षर गर्ने तयारी भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। रक्साैलदेखि काठमाडौसम्म रेल ल्याउने तयारी छ। सम्भाव्यता अध्ययनको सबै खर्च भारतले नै गर्ने भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार