Tuesday, October 1, 2024

चन्द्रमाको सतहमा ‘आइस’ भेटियो

काठमाडौं– वैज्ञानिकहरुले चन्द्रमाको सतहमा पानी जमेको आइस भेटिएको स्पष्ट प्रमाण भेटिएको दाबी गरेका छन्।

बीबीसीका अनुसार चन्द्रमाको उत्तर र दक्षिण ध्रुबमा आइसको केही भण्डार भेटिएको र त्यो धेरै पहिला नै उत्पति भएको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। सन् २००८ र २००९ को बीचमा पठाइएको एक उपकरणले सो पत्ता लगाएको हो।

यस सम्वन्धी पूरा विवरण नासाको एक जर्नलमा प्रकाशित भएको छ। दक्षिणी भागमा आइस केही जम्मा भएको छ भने उत्तरी भेगमा केही छरिएको पाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार