Tuesday, October 1, 2024

पाइपबाट ३२ घरमा बायोग्यास, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं–विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा बायोग्यास प्लान्ट सञ्चालनमा आएको छ।

तस्बिरः प्रधानमन्त्री केपी
शर्मा ओलीको ट्वीटरबाट।

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मंगलबार बायोग्यासबाट चुल्हो बालेर उद्घाटन गरे। श्रीकृष्ण गौ–सेवा सदनले सञ्चालनमा ल्याएको  प्लान्टबाट ३२ घरमा बायोग्यास जडान गरिएको छ।

मिटर प्रणाली अन्तर्गत पाइपबाट ग्यास पठाइएको हो। मिटरमा जति पैसा उठ्छ त्यसै अनुसार गौसेवा सदनलाई भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइएको छ। एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा झन्डै ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने हुन्छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सिलिण्डर हटाउनु ठूलो कुरै होइन। अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिँड्नु पर्दैन। पाइपबाटै ग्यास आउँछ।’

प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे। प्रधानमन्त्री ओलीले उक्त प्लान्टबाट ‘पाइलट प्रोजेक्ट’ भनेका छन्।

३ सय २० घनमिटरको यस बायोग्यास प्लान्टमा दैनिक १ सय ६० किलो ग्यास उत्पादन हुन्छ। यो ग्यास तीन किलोमिटर क्षेत्रमा १ सय ५० घरलाई पुग्ने बताइएकाे छ।   प्लान्टले वार्षिक एक हजार सिलिण्डर एलपी ग्यास प्रतिस्थापन गर्ने विश्वास लिइएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार