Tuesday, October 1, 2024

टिकेन टिपर रोक्ने निर्णय

काठमाडाैं– सरकारले काठमाडौं उपत्यकामा फेरि टिपर सञ्चालनको अनुमति दिएको छ।

यसअघि गत साउनदेखि बिहान र दिउँसोको समयमा राजधानीका केही क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाएपनि गृहमन्त्रालयको निर्देशनमा स्थानीय प्रशासनले फेरि सञ्चालन गर्न दिएका हुन्। यसअघि बेलुका ८ देखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउन पाइने नियम लागू भएको थियो।

तर, १४–१५ भदौमा काठमाडौंमा आयोजना हुन लागेको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका निम्ति भन्दै टिपर सञ्चालन गर्न दिइएको हो।

सम्मेलनमा ६ देशका सरकार प्रमुख नेपाल आउने भएपछि अहिले काठमाडौं उपत्यकाका सडक मर्मतको काम धमाधम भइरहेको छ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन, ‘बिमस्टेक सम्मेलन अघि सम्मेलन स्थल वरपर र विभिन्न होटलबाट सम्मेलन स्थलसम्मको सडक मर्मत र कालोपत्रे गर्नका लागि चाहीने आवश्यक भौतीक निर्माण सामग्रीको ब्यवस्थापनाका लागि टिपरलाई चलाउन दिइएको हो।’

उनका अनुसार त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आग्रह गरेपछि टिपर चलाउन दिइएको हो।  ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार सडक निर्माणका लागि ग्राभेल, बालुवा लगायतका निर्माण सामग्री बोक्ने गाडीलाई मात्र अनुमति दिइएको हो।

ताजा समाचार

सम्बन्धित समाचार