Tuesday, October 1, 2024

हवाइ भाडा बढ्दै

काठमाडौं–सरकारले इन्धनको मूल्य वढाएपछि हवाइ पनि भाडा बढ्ने भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले आफ्ना सदस्यलाई इन्धनको मूल्यमा भएको वृद्धि अनुसार हवाई भाडा वढाउने अनुमति दिएको छ।

नेपाल आयल निगमले गत आइतबार हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो। अबको केही दिनमा नै भाडा बढेको औपचारिक घोषणा गर्ने तयारी एयरलाइन्स कम्पनीहरूको रहेको छ।

हवाइ जहाजको भाडा सरकारले निर्धारण गर्ने गर्छ। एयरलाइन्स कम्पनीलाई भाडा बढाउने अनुमति छैन। तर, सरकारले इन्धनको भाडा बढाएको खण्डमा त्यही अनुपातमा उनीहरूले मूल्य बढाउन सक्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार