Monday, September 30, 2024

तरकारीका बिचौलिया हटाउन अध्ययन समिति

काठमाडौं– सरकारले फलफूल तथा तरकारी बजार व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमनका गएको सरकारी टोलीमाथि ४ भदौमा भएको दुव्र्यवहार ‘बिचौलिया’ बाट भएको बुझेको सरकारले बिचौलिया हटाएर सिन्डिकेट अन्त्य गर्न अध्ययन समिति गठन गरेको हो।

कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको बैठकले सहसचिव नवराज ढकालकाे संयोजकत्वमा समिति गठन गरेको हो। उनी आपूर्ति मन्त्रालयमा कार्यरत छन्।

संयोजक ढकालका अनुसार कालीमाटीसहितका फलफूल तथा तरकारी बजारको मूल्य र गुणस्तरमा रहेर अध्ययन गरी सरकारलाई सुझाव पेश गरिनेछ।

ताजा समाचार

सम्बन्धित समाचार