Monday, September 30, 2024

सम्पदा पुनर्निर्माणबारे प्राधिकरणका सीईओलाई ब्रिफिङ

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्बन्धी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसहित विभागका उच्च अधिकारीसँग छलफल गरेका छन्।

पुरातत्व विभागका अनुसार भूकम्पबाट ७ सय ५३ वटा सम्पदामा क्षति पुगेकोमा १ सय ८५ वटाको निर्माण सम्पन्न भएको छ । सीईओ ज्ञवालीले सम्भव भएसम्मका सबै सम्पदाहरुलाई प्रबलीकरण गरेर राख्ने बताए।

पुरात्व विभागका महानिर्देशक दाहालले सम्पदा पुनर्निर्माणमा देखा परेका समस्याहरुलाई सुल्झाउन सहजीकरणको प्रक्रियालाई अघि बढाउन प्राधिकरणलाई आग्रह गरे।

ज्ञवालीले गत शुक्रबार र आइतबार प्राधिकरणका तीनवटै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, शिक्षा र भवन) का आयोजना निर्देशक तथा महाशाखा प्रमुखबाट जानकारी लिएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार