Monday, September 30, 2024

निकुञ्जबाट तस्करी भएको काठ फर्निचर उद्योगबाट बरामद, सञ्चालक पक्राउ

काठमाडौं–कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तस्करी भएको काठ घर र फर्निचर उद्योगबाट जफत गरिएको छ।

नेपाली सेना र निकुञ्ज कार्यालयले बेल्डाँडी गाउँपालिका–१ बाट ८ गोलिया सालको काचो काठ बरामद गरेको हो।
निकुञ्ज कार्यालयका रेञ्जर पुरनदेव मिश्रका अनुसार गजबहादुर विष्टको घर र नरेश चुनाराको अंशुमा कास्ठ फर्निचर उद्योगबाट दुई–दुई वटा तथा नरेश विष्टको घरबाट काठका पाँच वटा गोलिया बरामद गरिएको हो।

काठ तस्करीमा संलग्न रहेको भन्दै मिलका सञ्चालक रमेश चुनारालाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ । विष्टद्वय फरार रहेको मि?ले बताए।

ताजा समाचार

सम्बन्धित समाचार