Monday, September 30, 2024

रानीपोखरी पुनर्निर्माणकाे जिम्मा सेनालार्इ नदिइने, बोलपत्र आह्वान

काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माणका लागि तेस्रो पटक बोलपत्र आह्वान गरिएको छ।

यसअघि गत वैशाखमा वल्र्डवाइड कँडेल केजी केभीसँगको ६ करोड २९ लाखको ठेक्का रद्द गरेको काठमाडौं महानगरपालिकाले आइतबार बोलपत्र आह्वान गरेको हो।

पढ्नुहोस्  :  बालगोपालेश्वरको पुनर्निर्माण ‘ग्रन्थकुट’ कि ‘गुजम्ब’ शैलीमा ?

आइतबार नै ‘सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समिति’ को ज्ञापनपत्र बुझ्दै उपमेयर हरिप्रभा खड्गीले मल्लकालीन शैलीमा नै रानीपोखरीको पुर्ननिर्माण हुने बताएकी थिइन्।

पढ्नुहोस् : रानीपोखरी पुनर्निर्माण : भएन पर्यटनमन्त्रीको निर्णय कार्यान्वयन

सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले रानीपोखरीको यथाशीघ्र मौलिक स्वरुप अनुसार नै पुनर्निर्माण गर्न माग गर्दै महानगरलाई ज्ञापनपत्र बुझाएको थियो। यसअघि पुनर्निर्माणकाे जिम्मा नेपाली सेनालार्इ दिने तयारी गरिएपनि महानगरपालिकाले अन्तत: बाेलपत्र अाह्वान गरेकाे हाे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपाेखरीकाे पुर्निर्माण महानगरले नै गर्ने रअावश्यक परे त्यसमा प्राधिकरणले सहयाेग गर्ने बताएका थिए।

पढ्नुहाेस् : रानीपोखरीको पुनर्निर्माण सेनालाई ! मेयर–उपमेयर विभाजित

रानीपाेखरी पुनर्निर्माणकाे जिम्मा सेनालार्इ दिने विषयमा सरकारी निकायबीच छलफल भइरहेका बेला महानगरकी उपमेयर खड्गीसहित सम्पदाप्रेमीहरूले विराेध जनाएका थिए।

पढ्नुहोस् : रानीपोखरी पुनर्निर्माणको नालीबेलीः कहिले बन्छ ? कसरी बन्दैछ ?

 

ताजा समाचार

सम्बन्धित समाचार