काठमाडौँ – चक्रपथ (रिङरोड) सुधार आयोजना अन्तर्गतको कलंकीस्थित अण्डरपास वे(भूमिगत बाटो) शुक्रबारबाट अस्थायी रुपमा सञ्चालनमा आएको छ ।
आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबार दिउँसोबाट उक्त अण्डरपास आंशिक रुपमा सञ्चालनमा आएको जानकारी दिए ।
बिहानदेखि सञ्चालनमा आउने भनिएको उक्त अण्डरपास केही काम पुरा नभएको भन्दै चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले रोकेपछि स्थगित भएको थियो । पछि आयोजना, सडक विभागलगायतको छलफल टोलीले वार्ता गरेपछि अस्थाीय रुपमा आशिंक सञ्चालनमा ल्याइएको प्रमुख भण्डारीको भनाई छ ।
जम्मा ८ सय मिटर लामो र उक्त अण्डरपास सञ्चालनमा आएसँगै घण्टौँसम्म कलंकीको जाममा बस्नुपर्ने बाध्यता हटेको छ ।