Monday, September 30, 2024

पहिराे पन्छाएपछि बेनी–जोमसोम सडक खुल्यो

काठमाडौं– कालीगण्डकी नदीले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कटान गरेपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।

अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ–तातोपानीमा बुधबार नदीले कटान गर्दा सडक अवरुद्ध भएको थियो। नदीले कटान गरेको माथिल्लो भागमा डोजरले नयाँ बाटो बनाएपछि बिहीबार बिहानदेखि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

नयाँ बाटो बनाएपछि यातायात सञ्चालन आइरहेको उनले बताए। सडक अवरुद्ध भएमा तत्काल खुलाउने प्रयास भैरहेको समेत बुढामगरले बताए।

त्यसैगरी ठाउँ–ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम सडक बेलाबेलामा अवरुद्ध भैरहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबारदेखि सडक सञ्चालनमा आएको हो।

ताजा समाचार

सम्बन्धित समाचार