Monday, September 30, 2024

फेवाताल अतिक्रमण प्रकरण : वाटरफ्रन्ट रिसोर्टविरुद्धको मुद्दाको पेशी स्थगित

काठमाडौं– पोखरास्थित फेवातालको जग्गा अतिक्रमण गरेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरिएको भन्दै सर्वाेच्च अदालतमा दायर मुद्दाको पेशी स्थगित भएकोे छ।  उक्त रिसोर्ट पर्यटन व्यवसायी कर्ण शाक्यको हो।

यसअघि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलाशले सुनुवाइ गरिसकेको उक्त मुद्दाको अन्तिम सुनुवाइ बिहीबार हुने अपेक्षा गरिएको थियो। तर, अदालतकै तर्फबाट पेशी स्थगित गरिएको हो।

शाक्यले सञ्चालन गरिरहेको रिसोर्टले फेवातालको जग्गा मिचेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले २३ असार २०६८ मा सर्वाेच्चमा रिट दायर गरेका थिए। १६ वैशाख २०७५ मा न्यायाधीशद्वय मिश्र र प्रधानको संयुक्त इजालसले रिसोर्टले फेवातालको जग्गा अतिक्रमण गरेको भन्ने विषयमा छानबिनका लागि समिति बनाउन सरकारलाई आदेश दिएको थियो।

सोही अनुसार वरिष्ठ नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठीत जाँजबुझ समितिले ‘जग्गा अतिक्रमण भएको’ ठहरसहित सर्वाेच्चमा प्रतिवेदन बुझाए पनि अन्तिम फैसला हुन बाँकी छ।

ताजा समाचार

सम्बन्धित समाचार