Monday, September 30, 2024

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले कार्यभार सम्हाले

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले कार्यभार सम्हालेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली।

दोस्रो पटक प्राधिकरणको नेतृत्वमा आएका ज्ञवालीले बिहीबार पदभार ग्रहण गरेर कार्यभार सम्हालेका हुन्। उनलाई मन्त्रिपरिषद्को २९ साउनको बैठकले सीईओमा नियुक्तिको निर्णय गरेको थियो।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १२ पुस २०७२ मा उनलाई प्राधिकरणको सीईओमा नियुक्त गरेपनि २७ पुस २०७३ मा बर्खास्तीमा परेका थिए। उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बर्खास्त गरेको थियो।

सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघिका सीईओ युवराज भुसाल पदमुक्त भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार