Monday, September 30, 2024

गृहमन्त्री र वनमन्त्रीबीच छलफल

काठमाडौँ–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन्।

बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए।

जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय प्रशासनमार्फत् छिटो लिने काम भइरहेको चर्चा गर्दै उनले राहत, पुनःस्थापना र उचित क्षतिपूर्तिका लागि सरकारका तर्फबाट काम भइरहेको बताए ।

मन्त्री बस्नेतले बुधबार मृत्यु भएका उमेश शाहीप्रति श्रदाञ्जली व्यक्त गर्दै उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने बताए । वर्षायाममा सबैलाई सचेत भइ काम गर्न समेत उनले आग्रह गरे।

ताजा समाचार

सम्बन्धित समाचार