Monday, September 30, 2024

आगामी केही वर्ष तापक्रम अत्याधिक बढ्ने

काठमाडौं– एक अध्ययनले आगामी केही वर्ष पृथ्वीको तापक्रम अत्याधिक बढ्ने देखाएको छ। अनुसन्धानकर्ताहरुले गणितीय विधिको विकास गरी केही सन् २०१८ देखि २०२२ सम्म पृथ्वीको तापक्रम तीव्र रुपमा बढ्ने पूर्वानुमान गरेका हुन्।

पृथ्वीको सतह र वायुको औसत तापक्रमको अनुमान गरिएका निस्कर्षहरू ‘जर्नल अफ नेचर कम्युनिकेसन’ मा प्रकाशित भएको छ। कार्बनडाइअक्साइड जस्ता हरितगृहका कारण तापक्रम बढ्दै छ। तर, हरितगृह ग्यासको उत्पादनको अनुपात स्थिर दरमा बढेको पाइदैन।

२१औं शताब्दीको प्रारम्भिक वर्षमा वैज्ञानिकहरूले भूमण्डलीय तापमानमा केही ग्याप रहेको बताएका थिए। अहिलेका धेरै विश्लेषणले सन् २०१० देखिका वर्षलाई अहिलेसम्मको सबैभन्दा बढी तापक्रम भएको पाँच वर्ष मानेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार