Monday, September 30, 2024

रेड पाण्डाको छालासहित तीन जना पक्राउ

काठमाडौं–दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले मनमैजु नगरपालिका–३ भत्केको पुल बस्ने नुवाकोट टाडी गाउँपालिका–२ घर भएका २२ वर्षीय शेरामान तामाङ, नुवाकोट टाडी गाउँपालिका–४ घर भई हाल काठमाडौं मनमैजु बस्ने २० वर्षीय राजकुमार तामाङ र २४ वर्षीय प्रेम सिंह तामाङलाई अवैध रुपमा राखेको १ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो ।

प्रहरीले टोखा नगरपालिका–९ लक्ष्मीनगरस्थित नवदुर्गा गेष्ट हाउसबाट उनीहरुलाई मंगलबार पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार