Monday, September 30, 2024

पोखरीका माछा मरे

भद्रपुर–पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् ।

जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए। पोखरीका एक हजार बढी माछामा आधा मरेको उनको भनाइ छ । मरेको माछा पोखरीबाट निकाल्ने काम भइरहेको छ ।

पोखरीमा नैनी, नदियारी, मागुर, रहुँलगायत विभिन्न प्रजातिका माछा रहेका छन् । भक्तजनले चढाएका सामग्री विषाक्त भई माछा मरेको हुनसक्ने अध्यक्ष गट्टानीको भनाइ छ । मरेको माछालाई खाल्डो खनेर पुरिने छ । पोखरी चार फिट गहिरो छ ।

महाभारतकालीन इतिहास बोकेको पोखरी अर्जुनले बाण हानी पानी निकालेर गाईलाई खुवाएको किंबदन्ती छ । सो पोखरीको बीचमा गाईलाई पानी खुवाइरहेको अर्जुनको मूर्ति छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार