Wednesday, October 30, 2024

चित्लाङमा पहिरोको जोखिम

संखुवासभा – चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ।

अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो। स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ।

स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ। सडक अवरुद्ध छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो। विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले रु ५० लाख सहयोग गरेका छन्। अहिले भवन निर्माण भइरहेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार