Wednesday, October 30, 2024

प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा केही तल, सतर्क रहन आग्रह

काठमाडौँ – मंगलबार देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहेको छ । तर कोशी तथा यसका शाखा नदीहरू, कर्णाली, महाकाली लगायतमा बहाब सतर्कता तह आसपास जल तथा मौसम विज्ञान विभागले जारी गरेको बाढी बुलेटिनमा जनाइएको छ ।

बुधबार बिहानसम्म कन्काई, सप्तकोशी र यसका शाखा नदीहरू कमला, बागमती, नारायणी तथा यसका शाखा नदीहरू, पश्चिम राप्ती, बबई कर्णाली तथा यसका शाखा नदीहरू र महाकाली लगायतमा बहाब खतरा तहभन्दा तलै हुने पूर्वानुमान छ । सप्तकोशी र यसका शाखा नदीहरू तथा कर्णालीमा बेलुका सम्मै बहाब सतर्का तहभन्दा केही मात्र तल हुने, मध्य भागको बागमतीमा मंगलबार बेलुका देखि बहाब केही बढ्ने, कमलामा दिउँसो सम्म केही बढ्ने तथा पश्चिम राप्तीमा मंगलबार मध्यरातदेखि बुधबार विहानसम्म बहाव उल्लेख्य बढ्ने तर खतरा भन्दा तलै हुने पूर्वानुमान छ ।

मंगलबार विशेषगरी सप्तकोशी र कर्णाल्ी नदीमा बेलुकासम्म बहाब सतर्कता तह आसपास रहने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । त्यस्तै बागमती पछि पश्चिम राप्तीमा मध्यरातदेखि बुधबार बिहानसम्म, कमलालगायतमा मंगलबार दिउँसोसम्म बहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागले सूचित गरेको छ । अन्य साना नदीको तटीय क्षेत्रमा पनि सामान्य सतर्कता अपनाउन पनि विभागले आह्वान गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार