काठमाडौँ – निरन्तर वर्षासँगै देशका प्रमुख नदीहरूमा पानीको बहाब सतर्कता तहभन्दा माथि पुगेको छ । देशको कोशी, कमला, महाकाली लगायतका नदीमा पानीको बहाबले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागका इन्जिनियर विनोद पराजुलीले बताए ।
विशेषगरी सप्तकोशीको शाखा नदीहरू अरुण, चतरा लगायतमा पानीको बहाब सतर्कता तहभन्दा माथि पुगेको छ।
विशेषगरी तराई भेग डुबानकाे जाेखिम बढेकाले नदी तटीय क्षेत्र आसपास सतर्क रहन सबैलाई आग्रह गरिएको छ।