काठमाडौं– बर्खायाममा पानी परेसँगै बाढीपहिरोको जोखिम पनि त्यति नै हुन्छ।
नेपालमा बर्सेनि बाढीपहिरोबाट ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। विशेषगरी असार, साउन र भदौमा बढी पानी पर्ने भएकाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा बाढीको जोखिम रहन्छ।
यस्तो अवस्थामा बाढीको पूर्वानुमान लगाउन सकिएमा सम्भावित क्षति कम गर्न सकिन्छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले बर्खायाममा दैनिक रुपमा बाढीको सम्भावित जोखिम आँकलन गर्ने गरेको छ।
पूर्वानुमानलाई स्थानीय स्तरसमम जानकारी गराउन केही समय लाग्ने हुन्छ। रेडियो, टेलिभिजन, अनलाइनसँगै विभागले सामाजिक सञ्जालमार्फत् जानकारी गरेको छ, भने सम्भावित जोखिम रहेको स्थाननका बासिन्दाको मोबाइल फोनमा पनि एसएमएस सम्प्रेषण गर्ने गरिरहेको छ। तर, अब हामी सबैले घरमै बसेर बाढीको पूर्वानुमान लगाउन सकिने भएको छ । विभागले आफ्नो वेबसाइटमा सर्वसाधारण सबैले पूर्वानुमान लगाउन सक्ने गरी तथ्यांक सार्वजनिक गर्ने गरेको छ।
विभागको वेवसाइटमा गएर कुन नदीमा पानीको बहाव कति छ, कुन भेगमको मौसमको अवस्था कस्तो छ ? भनेर पत्ता लगाउन सकिन्छ । घरमै बसेर कसरी पूर्वानुमान लगाउन सकिन्छ त ? सोही विषयमा हाकाहाकीकर्मी शालिक भट्टले विभागका इन्जिनियर विनोद पराजुलीको सहयोगमा भिडियो तयार पारेका छन् ।