Sunday, September 29, 2024

मंगलबार राति मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

काठमाडौं–देशैभर पानी क्रम केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार हाल मनसुनी वायु सक्रिय रहेकाले बदली भइ पानी परिरहेको हो।

विभागका मौसमविद् विभति पोखरेलका अनुसार मंगलबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षाको अनुमान छ। तर, रातिको समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन्।

विभागले बुलेटिन जारी गर्दै बुधबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने सम्भावना रहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार