काठमाडौँ–अविरल वर्षासँगै बागमतीकाे बहाव बढेपछि तटीय क्षेत्रका सुकुम्बासी बस्तीभित्र पानी पसेकाे छ। आइतबार रातिकाे अविरल वर्षाका कारण बागमती लगायतका नदी किनारामा सुकुम्बासी बस्ती डुबानमा परेका हुन्।
बल्खुस्थित बागमती किनारामा बसेका सुकम्बासीहरूको अहिले बिचल्ली भएको छ। सुकुम्बासी बस्तीका पंकज खोला घरमा पस्दा निकै नै सकस भइरहेकाे बताउँछन्।
बागमतीको पानी बस्तीमा पसेपछि लत्ताकपडा, खाद्यन्न सबै बगाएर लगेको अर्का सुकुम्बासीको गुनासो छ।
पानी बस्तीमा बस्न थालेपछि ज्यान जोगाउन अरुको नै घरमा जान परेको निता माहुल बताउँछिन्। बाढीले शौचालय पनि बगाएपछि दिसापिसाब गर्न समेत अप्ठ्यारो परेको उनको भनाई छ। काखमा छोरा बोकेकी उनी आफूहरूलाई परेको समस्या कसैले नबुझिदिएको बताउँछिन्।