Sunday, September 29, 2024

मानव मलमूत्र जन्य फोहोर व्यवस्थापन तालिम

काठमाडौं-नगरपालिका क्षेत्रमा उत्पन्न हुने मानव मलमूत्र जन्य फोहोर व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम राजधानीमा सम्पन्न भएको छ।

खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य इञ्जिनियर समाज (सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन) र वातावरण तथा जनस्वास्थ्य संस्था (इन्भाइरोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाईजेशन, एन्फो) र ५०० बी सोलुसन प्राालिको संयुक्त आयोजनामा सो तालिम सम्पन्न भएको हो।

तालिममा प्रदेश नम्बर २ का १७, ३ का दुई र गण्डकी प्रदेशका एक नगरपालिकाका इञ्जिनियरहरुको सहभागिता रहेको जानकारी सोफेनका अध्यक्ष रामदीप साहले दिए।

नेपाल इञ्जिनियर्स एशोसिएसन तथा सोफेनका पूर्वअध्यक्ष किशोर शाक्यले मानव मलमूत्रको व्यवस्थापन राजधानी सहित नेपालका सबै नगरहरुमा ठूलो चुनौतीको रुपमा रहेको बताए।

उनले जनस्वास्थ्यको क्षेत्रका काम गर्ने इञ्जिनियरहरुले यसका व्यवस्थापनका बारमा समयमा राम्रो जानकारी पाएमा नगरमा बन्ने शौचालय, ढल,ढल प्रशोधन केन्द्र र त्यसबाट निसृत हुने पानी तथा मलको सही व्यवस्थापन गरी नगरलाई स्वच्छ राख्न सघाउ पुर्याउन सक्ने बताए।

नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले मानव मलमूत्रको व्यवस्थापन नगरको सफाइ, पानीका स्रोत र नदीनालाहरुको स्वच्छता र मानव सभ्यतासँग पनि जोडिएको विषय भएकोले यस क्षेत्रमा काम गर्ने इञ्जिनियरहरुले जनताको स्वास्थ्य सहित सबै विषयलाई ध्यानमा राखेर योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताए।

सोफेनका अध्यक्ष रामदीप साहले जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इन्जिनियरहरुको संस्था भएकोले सोफेनले खानेपानी, वातावरण र सरसफाइको क्षेत्रमा देश व्यापी अभियान चलाएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार