Sunday, September 29, 2024

रुबी सहित एक जना पक्राउ

काठमाडौं– अवैधरुपमा बेचबिखन गर्न लागेको रुबी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित आइतबार प्रहरीले पक्राउ गरेको हो।

दिपकलाई प्रहरीले काठमाडौं महानगरपालिका–२७ लैनचौरस्थित सडकमा अवैधरुपमा रातो रुबी बेचबिखन गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 

ताजा समाचार

सम्बन्धित समाचार